बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपिन जोशीको इजरायलमा अन्तिम बिदाइ (तस्बिरहरुसहित)

विपिन जोशीको इजरायलमा अन्तिम बिदाइ (तस्बिरहरुसहित)


  • तेल अविव
  • कार्तिक २ २०८२, आइतबार

इजरायल / हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। गाजा युद्धविराम र बन्धक आदानप्रदान सम्झौता अन्तर्गत उनको शव फिर्ता भएको केही दिनपछि तेल अविव नजिकैको बेन गुरियन विमानस्थलमा आयोजित एक समारोहबीच उनको शवलाई नेपाल पठाउन लागिएको हो।

विमानस्थलमा आयोजित बिदाइ समारोहमा जोशीका आफन्त र इजरायली सुरक्षा बलका सदस्यहरूले उनको कफिनलाई घेरेर भावपूर्ण बिदाइ गरेका थिए। समारोहमा इजरायलको विदेश मन्त्रालय अन्तर्गतको माशाभ ९अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी० की प्रमुख तथा उपमहानिर्देशक एनाट श्लेनको उपस्थिति रहेको थियो।

२३ वर्षीय जोशी कृषि तालिम कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा उनलाई अलुमिम किबुजबाट बन्धक बनाइएको थियो।

इजरायली रक्षा बल ९आईडीएफ० का अनुसार बन्धक बनाइएको केही महिनाभित्रै उनको मृत्यु भएको अनुमान गरिएको छ। गाजा युद्धविराम सम्झौता अनुसार हमासले अक्टोबर १३ मा रेडक्रस मार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो। त्यसपछि तेल अविवस्थित राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रमा उनको शवको पहिचान गरिएको थियो।

नेपालको परराष्ट्र मन्त्रालयले जोशीको मृत्युको वास्तविक कारण र परिस्थिति पत्ता लगाउन, न्याय सुनिश्चित गर्न तथा उनको परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, र बिमा जस्ता सुविधाहरू दिलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहने जनाएको छ।

विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलमा कृषि अध्ययन गर्न गएका थिए। आक्रमणका बेला उनीसँगै रहेका अन्य १६ जना नेपाली विद्यार्थीहरू पनि प्रभावित भएका थिए। जसमध्ये १० जनाको मृत्यु भएको थियो।
सबै तस्बिर: एएफपी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->