सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

खैरो हिरोइनसहित एक पक्राउ

खैरो हिरोइनसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८२, सोमबार

पोखरा/पोखरामा खैरो हिरोइन (ब्राउन सुगर) सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका १७ घारिपाटनमा लागुऔषको विक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सोही स्थानका २५ वर्षिय नवराज चापागाईँलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको साथबाट ३ वटा सानो पुरियामा लुकाइ राखेको अवस्थामा ०.९२ ग्राम ब्राउन सुगर, ९४ हजार पाँच सय रुपैयाँ र दुई थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नवराजको कोठामा पुगि खान तलासी गरेको थियो । सोहि क्रममा हेल्मेट र पहेँलो रंगको बट्टामा लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो । नवराज विरुद्ध लागू औषध सम्बन्धि मुद्धामा एक हप्ताको म्याद थप गरि थप अनुसन्धान भइराखेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

प्रहरीले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्व लक्षित गरि चाडपर्व विशेष सूरक्षा योजना समेत बनाइ अघि बढेको छ । चाडपर्वको समयमा लागू औषध, नशालु पदार्थ सेवन, ओसार पसार, सञ्चय तथा बेचबिखन समेत बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिको बारेमा प्रहरीलाई तत्काल खबर गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->