सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजी आन्दोलनमा लुटिएका गोलीसहित दुई जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएका गोलीसहित दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८२, शनिबार

काठमाडौं / जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका(३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।

गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->