बागलुङ/एक वर्ष अघि सजाए पाएपछि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपंक्षी कसुर गरेका र बैंकिङ कसुर गरेका दुइ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पश्चिम बागलुङको गलकोट प्रहरीले गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटी बस्ने ६० वर्षिय जंगबहादुर पुन र सोही ठाउँका २० वर्षिय सुपिद नेपालीलाई पक्राउ गरेको हो । पुनलाई बैंकिङ कसुर मुद्दामा गत वर्ष उच्च अदालत पाटनले ३७ लाख रुपियाँ जरिवाना तोकेको थियो भने ६ दिन कैद पनि तोकेको थियो ।

त्यस्तै २०८१ ऋसार ५ गते जिल्ला अदालत बागलुङले पशुपंक्षि बिरुद्दको कसुरमा २ महिना सात दिन कैद सजाय तोकेका नेपाली पनि पक्राउ परेका हुन् । दुवै जनालाई प्रहरीले सार्वजनिक गर्नुको साथै अदालतमार्फत कारागार पठाउने तयारी गरेको हो ।
लुकीछिपी बसेको अवस्थामा जानकारी पाएपछि प्रहरीको खोज्ी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए । दुवै जनालाई जिल्ला कारागारमा फैसला कार्यान्वयनका लागि पठाइने छ ।





