सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

किन पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

किन पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८२, मंगलबार

काठमाडौं / प्रभु बैंकका पूर्व अध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ बढी ठगी गरेको जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समयदेखि प्रहरी कार्यालयमा अलपत्र थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->