बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सामाजिक सञ्जालमा संवेदनशील विषयबारे बोल्न ‘योग्यता प्रमाणपत्र’ चाहिने

सामाजिक सञ्जालमा संवेदनशील विषयबारे बोल्न ‘योग्यता प्रमाणपत्र’ चाहिने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८२, बुधबार
चिनियाँ सामाजिक सञ्जाल 'इन्फ्लुएन्सर'

चीनमा अब संवेदनशील विषयमा बोल्न वा सामाजिक सञ्जालमा लेख्न ुयोग्यता प्रमाणपत्रु चाहिने भएको छ। अक्टोबर २५ देखि लागू भएको यो नयाँ नियमअनुसार स्वास्थ्य, कानुन, शिक्षा वा वित्तजस्ता ‘संवेदनशील विषय’ बारे सामाजिक सञ्जालमा बोल्न वा लेख्न सम्बन्धित व्यक्तिले आफ्नो योग्यता प्रमाणित गर्नुपर्नेछ।

यस्ता विषयमा सामग्री तयार पारी सामाजिक सञ्जालमा राख्ने प्रभावशाली व्यक्तिहरू ९इन्फ्लुएन्सर० लाई लक्ष्य गरेर यो नियम लागू गरिएको हो। भारतीय समाचार संस्था ‘द मिन्ट’ का अनुसार संवेदनशील विषयमा सामग्री बनाउन इच्छुक व्यक्तिहरूले उक्त विषयको डिग्री वा पेसागत प्रमाणपत्र देखाउनुपर्ने छ।

चीनको साइबरस्पेस प्रशासन ९सिएसी० ले लागू गरेको यो नियमको उद्देश्य गलत सूचना रोक्नु र जनतालाई भ्रमपूर्ण सल्लाहबाट जोगाउनु रहेको बताइएको छ।

अब डोयिन ९चीनको टिकटक संस्करण०, बिलिबिली र वेइबोजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले त्यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिको योग्यता प्रमाणित गर्ने र उक्त पोस्टमा स्रोत समावेश भएको छ कि छैन सुनिश्चित गर्नुपर्ने मिन्टले लेखेको छ।

कुनै सामग्री अध्ययन वा अनुसन्धानका आधारमा तयार पारिएको भए स्रोत उल्लेख गरिएको हुनुपर्नेछ। भिडिओमा एआई प्रयोग गरिएको भए त्यो पनि स्पष्ट खुलाउनुपर्नेछ। सिएसीले औषधि तथा स्वास्थ्यजन्य उत्पादनहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाएको छ, ताकि ुशैक्षिक सामग्रीु का नाममा त्यस्ता उत्पादनको प्रचार रोक्न सकियोस्।

सरकारी अधिकारीहरूले यो नियम ‘समाजमा भ्रमपूर्ण सामग्रीको प्रचार नहोस् र तथ्य सुनिश्चित होस्’ भनेर लागू गरिएको बताइरहेका छन्। आलोचकहरूले भने यसलाई डिजिटल सेन्सरसिपका रूपमा व्याख्या गरेका छन्। यस्तो नियमले स्वतन्त्र आवाज दबाउने र सार्वजनिक बहसको दायरा संकुचित पार्न उनीहरूको भनाइ छ।

विशेषज्ञहरूले पनि ‘योग्यता’ को परिभाषा अस्पष्ट र व्यक्तिपरक भएको बताएका छन्। यसले को बोल्न पाउने र को नपाउने भनेर नियन्त्रण गर्ने अधिकार सरकारी निकायको हातमा गएको उनीहरूको आरोप छ।

पछिल्लो समय सामाजिक सञ्जालले संसारभरि नै परम्परागत विशेषज्ञहरूको विकल्पका रूपमा नयाँ सूचना(स्रोत जन्माइरहेको छ। स्वास्थ्य सल्लाहदेखि वित्तीय परामर्शसम्मका सामग्री आइरहेका हुन्छन्। त्यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिसँग सम्बन्धित विषयको औपचारिक ज्ञान छैन भने समाजलाई भ्रमित पार्न सक्ने र झूटो कुरा प्रचारप्रसार हुने सम्भावना रहन्छ। जटिल विषयलाई अत्यधिक सरलीकरण गरेर वा गलत रूपमा प्रस्तुत गर्दा गलत सूचना तीव्र गतिमा फैलिने खतरा पनि हुन्छ।

केहीले यसलाई सिर्जनात्मक स्वतन्त्रतामाथिको अंकुशका रूपमा पनि हेरेका छन्। सामाजिक सञ्जाललाई स्वतन्त्र संवादको माध्यमबाट राज्यनियन्त्रित बनाउने उनीहरूको भनाइ छ।

सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूको प्रभावबारे बहस नयाँ होइन। बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथले हालै गरेको अध्ययनले यो डिजिटल संस्कृतिको अँध्यारो पक्ष उजागर गरेको छ।

अध्ययन अनुसार इन्फ्लुएन्सरहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा मनोवैज्ञानिक, स्वास्थ्य र सुरक्षा जोखिम निम्त्याउन सक्छन्। त्यसैले कडाइका साथ नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।

यो प्रतिवेदन त्यस्तो समय आएको हो, जब इन्फ्लुएन्सर मार्केटिङ सन् २०२७ सम्म ४८० अर्ब डलर पुग्ने अनुमान गरिएको छ। ब्रान्डहरूले अझ बढ्दो रूपमा त्यस्ता इन्फ्लुएन्सरमाथि भरोसा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->