सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ इटालियन पर्यटकसहित ६ जना अलपत्र

गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ इटालियन पर्यटकसहित ६ जना अलपत्र


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८२, बुधबार

पोखरा / उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ विदेशी पर्यटकसहित ६ जना हिमपातमा अलपत्र परेका छन् । हिमाल चढ्ने क्रममा उनीहरू बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘तीन जना इटालियन नागरिकहरू, एक जना गाइड र दुई जना पोर्टर गरेर तीन जना नेपाली गएका रहेछन्,’ प्रहरी प्रमुख एसपी भरतबहादुर विकले भने, ‘हिमाल चढ्ने क्रममा हिमपात भएपछि माथि पनि जान सकेनछन्, तल पनि झर्न नसकेर त्यही अड्किएछन् ।’

उनीहरु शेर्पा अल्पाइन ट्रेकिङ सर्भिस काठमाडौंबाट कात्तिक १ गते उक्त हिमाल चढ्नका लागि गएका थिए । एक जना विदेशी एक नम्वर क्याम्प र दुई जना ४ नम्वर क्याम्पमा अड्किएको उनले जानकारी दिए । उनीहरूसँगै गएका तीन जना नेपाली पनि त्यही क्याम्पमा अड्किएका छन् ।

उनीहरूको उद्धारका लागि प्रयास भइरहेको एसपी विकले बताए । कैलाश एयरको हेलिकप्टरसँग समन्वय भइरहेपनि प्रतिकूल मौमसका कारण त्यहाँ पुग्न नसकेको उनले बताए ।

उक्त हिमाल उत्तरी गोरखाको साम्दो हुँदै पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->