सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार

अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८२, बिहिबार

पोखरा / सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले सबैलाई सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । अहिले अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेश क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको उद्धार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो ।

सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ । तीन दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिँडेका केही पर्यटकलाई बाटो बाटनै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेश क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो । मङ्गलबारबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकसहित १६२ जनाको उद्धार भएको हो ।

उद्धार गरिएकाहरुलाइ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनिहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहिमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या देखिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->