मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मनास्लु क्षेत्रमा घाइते पर्यटकको उद्धार भएन

मनास्लु क्षेत्रमा घाइते पर्यटकको उद्धार भएन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

गोरखा/ मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर घाइते भएका एक पर्यटकको २ दिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौंको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
टाउकोमा गम्भीर चोट छ, झन् जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन,’ उनले भने। प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन्। बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका हुन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->