बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाङबारी हिमाल चढ्न गएका दुई इटालीयन आरोहीको शव फेला

पाङबारी हिमाल चढ्न गएका दुई इटालीयन आरोहीको शव फेला


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १८ २०८२, मंगलबार
तस्बिर गाेरखा प्रहरी

गोरखा/  गोरखास्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालीयन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो ।

आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालीयन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधारशिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

उनीहरूसँगै अलपत्र परेका इटालीयन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->