आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मानवसेवा आश्रमको लागि महायज्ञको अन्तिम चरणमा

मानवसेवा आश्रमको लागि महायज्ञको अन्तिम चरणमा

१० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १ करोड रुपैयाँ बोलकबोल भैसकेको आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८२, मंगलबार

बागलुङ/मानवसेवा आश्रम बागलुङको अक्षयकोष स्थापना, निर्माणाधिन आश्रम सम्पन्न र नियमति व्यवस्थापनका लागि कात्तिक २१ देखि २८ गतेसम्म हुने महायज्ञको अन्तिम तयारी भएको छ । ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ’का लागि प्रचार प्रसार भैरहेको छ भने महायज्ञस्थल बागलुङ नगरपालिका वडा नं. ४ मा पाण्डाल निर्माण भैरहेको हो ।

२१ गते बिहान सात बजेदेखिनै बजारबाट कलस यात्रा गरेर पाण्डालमा पुगेपछि महायज्ञ शुरु गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । त्यसका लागि बागलुङ, पर्वत, म्याग्दीसहित छिमेकी जिल्लामा समेत प्रचार प्रसार भैरहेको छ ।

‘पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, मछिन्द्रनाथ र स्वयम्भुनाथ जस्ता नाथैनाथ भएको देशमा कोही अनाथ नहोस् भनेर आश्रम व्यवस्थापनका लागि आयोजित यो महायज्ञ सफल पार्न सबैको योगदान हुनेछ’ उनले भने, ‘राज्यको दायित्वलाई बहन गरेर हामी हिंडेका छौं, त्यसैले यो अभियान सबैको साझा हो ।’ हेटौडाबाट १३ वर्षअघि शुरु भएको अभियानलाई अहिले देशभर पु¥याएर आश्रम संचालन भैरहेको र व्यवस्थित आश्रमका लागि रकम आवस्यक परेपछि यो अभियान चलाइएको उनले जानकारी दिए ।

सरकारी निकायबाट आएको रकमलाई भौतिक पुर्वाधारमा लगाउने र दानदाता अन्य व्यक्तिको रकमलाई अक्षयकोष बनाउने योजना पनि उनले सुनाए ।

मंगलबार पत्रकार सम्मेलन गरेर अन्तिम तयारीबारे मुल आयोजकले अहिले सम्मको अवस्थाबारे जानकारी गराएको थियो । १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १ करोड रुपैयाँ बोलकबोल भैसकेको आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए । यो सफलताले अभियानलाई पुर्णता दिने उनको धारणा छ ।

सडक मानवरहित देशको अभियानलाई सफल बनाउन सबैलाई उनले आब्हान पनि गरे । महायज्ञ धार्मिक मात्र नभइ, सामाजिक र राज्यको दायित्व बहन गर्ने अभियान पनि भएको उनको धारणा छ । बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा निर्माणाधिन आश्रमलाई पुर्णता दिन सोही स्थानमा महायज्ञ गरिंदैछ ।

दानमुठीकै भरमा नियमित संचालन गर्न कठिन भएपछि महायज्ञ लगाउने निधो भएको आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले बताइन् । हाल निर्माणाधिन भवनका लागि स्थानीय पालिकाहरु, व्यक्तिगत र संस्थागत रकम सहयोग भएको हो । आश्रममा हाल ६६ जना आश्रित छन् । सडकमा अलपत्र भेटिएका, अपांगता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रमले राख्ने गरेको छ ।

आश्रम व्यवस्थापन विपना तामाङका अनुसार, आश्रम संचालन गर्न मासिक १० लाख खर्च हुने गरेको छ । लक्ष्य अनुसार पैसा उठाउन सकेमा आश्रमको भवन पुरा गरी २ सय जना आश्रितलाई राख्ने लक्ष्य राखिएको छ ।

महायज्ञको अवसरमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर संचालन हुनेछ । त्यसका लागि ५ सयदेखि ६ सय जनासम्मले बसेर योग गर्न सकिने पाण्डाल बनिरहेको हो । त्यस्तै हरेक दिन विद्यार्थीहरुका लागि मनको व्यवस्थापन शिविर पनि संचालन गरिनेछ । त्यस बाहेक दिउँसो कथा बाचन र मुल प्रवचन गर्न भागवत भास्कर कमलनयन गौतम आउनेछन् । हरेक साँझ भजनकिर्तनको कार्यक्रम राखिएको र ती सबै कामका लागि बजारदेखि महायज्ञ स्थलसम्म सार्वजनिक सवारीको व्यवस्थापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->