सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८२, बुधबार

पोखरा/कास्की प्रहरीले ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कात्तिक १७ गते साँझ करिब ८ बजे पोखरातर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाइसलाई रोकी जाँच गर्दा सवार कास्की महानगर–३२ का ३७ वर्षीय विनोद ढकाल र मकवानपुर हेटौंडा उपमहानगर–१२ सिक्रेनीका ३८ वर्षीय विकास लामाको साथबाट खैरो हिरोइन (ब्राउनसुगर) जस्तो देखिने ३.८९ ग्राम लागुऔषध बरामद भएको थियो

पक्राउको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोली खटिएको थियो ।

बरामद पदार्थसहित दुबै जनालाई नियन्त्रणमा लिएर लागू औषध (नियन्त्रण) सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->