आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महायज्ञमा सहयोग गर्ने बढ्दै

महायज्ञमा सहयोग गर्ने बढ्दै

विभिन्न आमा समूह, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि महायज्ञमा सहभागि भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

बागलुङ/मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यले आयोजित महायज्ञमा सहयोग गर्ने क्रम चलेको छ । शनिबार मात्रै महायज्ञमा ५५ लाखबढी रकम सहयोग भएको आयोजकले बताएका छन् ।

महायज्ञमा बागलुङ नगरपालिका वडा नं. ४ का रामनारायण पौडेल र पार्वती पौडेलले आश्रमको भवनमा एक कोठा बराबरको सहयोग गर्ने लक्ष्यले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् । भवन निर्माणाधिन भएकोले उक्त रकमलाई एक कोठा बाराबरको लागत मानिएको छ । महायज्ञमा वडा नं. ४ ले आश्रमको एक कोठाको जिम्मा लिएको छ । उक्त जिम्मा अनुसार कार्यालयबाट ५ लाख ११ हजार सहयोगको प्रतिवद्धता आएको हो ।

वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले उक्त सहयोगको जानकारी गराएका हुन् । उनले मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउने र उद्देश्य अनुसारको पुर्वाधार निर्माण समेत गर्ने लक्ष्यमा साथ दिएको बताए । उनले आश्रममा हातेमालो गर्ने पनि बताए ।

आश्रमले सडकमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्दै आश्रममा ल्याएर खानेबस्ने व्यवस्थापन गराउँदै आएको छ । यो अभियानपछि आश्रमलाई २ सय जना मानिस राख्न मिल्ने र संचालन गर्न सकिने बनाउने योजना छ । त्यसका लागि बानपा ४ को निरयघाटमा आश्रम भवन निर्माणाधीन छ । यो भवन बनिसकेपछि हाल बानपा ३ मा रहेको आश्रम बानपा ४ मा सर्ने आश्रमकी व्यवस्थापक बिपना तामाङले बताइन् ।

काठेखोला गाउँपालिका वडा नं. ५ की भिमकुमारी निउरले र लिलाराम निउरेले पनि भवन निर्माणका लागि ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए । महायज्ञका लागि बानपा ३ की धर्मकुमारी खड्काले १ लाख ११ हजार, बानपाका उपप्रमुख राजु खड्काले १ लाख, गलकोट नगरपालिका–६ का कमलबहादुर बस्नेतले १ लाख एक हजार रुपैया सहयोग गरेका छन् ।

यस्तै, बानपा ८ सिगानाका तोमबहादुर लामिछानेले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । बानपा ३ का कुमार खड्काले आफ्ना अभिभावकको स्मृतिमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । बानपा ३ कै द्रोणराज केसीले ५५ हजार, बानपा २ का रामप्रसाद श्रेष्ठले ५१ ह्जार, बानपा २ कै मञ्जु श्रेष्ठले १ लाख एक हजार सहयोग गरेको जनाइएको छ ।

विभिन्न आमा समूह, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि महायज्ञमा सहभागि भएका छन् । आगामी २८ गतेसम्म संचालन हुने महायज्ञमा लक्ष्य अनुसारको रकम संकलन हुने आस गरिएको छ । यो आश्रम निर्माणका लागि आयोजित महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा बाचन गरेका छन् । हरेक दिन बिहान योग शिविर र विद्यार्थीका लागि ज्ञान विज्ञानको शिविर समेत संचालन छ ।

त्यस्तै बेलुकी भजनकृतन र दिउँसोमा कथा प्रवचन भैरहेको हो । महायज्ञमार्फत् आश्रमले विभिन्न स्थानका केन्द्रहरु पनि निर्माणको काम थालेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । १३ वर्षअघि हेटौडाबाट सुरु भएको आश्रम निर्माणले सडकमा अलपत्र परेका नागरिकलाई नाना, छाना र खानाको व्यवस्थापन गर्दै आएको छ । अबदेखि उनीहरुको शिक्षा, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा पनि काम गर्ने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->