आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संवैधानिक बाटो र अधिवेशनमा केन्द्रीत एमाले

संवैधानिक बाटो र अधिवेशनमा केन्द्रीत एमाले

हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई संवैधानिक बाटोमा हिंडाउन एमालेले केन्द्रीय रुपमा संसद पुनस्थापनाको माग अगाडि सारेको छ । सोही लक्ष्य अनुसार जिल्ला तहमा पनि विभिन्न अभियान संचालन गर्नेमा एमाले पुगेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

बागलुङ/नेकपा एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनःस्थापनाका लागि अभियान संचालन गर्ने भएको छ । एमाले बागलुङको तेस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए ।

हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई संवैधानिक बाटोमा हिंडाउन एमालेले केन्द्रीय रुपमा संसद पुनस्थापनाको माग अगाडि सारेको छ । सोही लक्ष्य अनुसार जिल्ला तहमा पनि विभिन्न अभियान संचालन गर्नेमा एमाले पुगेको हो । आम कार्यकर्ता माझ यो अभियान लैजान शनिबार वडा तहमा कार्यक्रम गरेको एमालेले कात्तिक २५ गते पालिका तहमा कार्यक्रम गर्ने निर्णय पनि गरेको हो ।

यो अभियान संचालन गर्न बागलुङ नगरपालिकामा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटालाई जिम्मा लगाएको छ भने काठेखोलामा मनकुमारी केसी, गलकोट नगरपालिकामा लिलबहादुर थापा, ताराखोलामा बाबुराम नेपाली र जैमिनीमा सूर्य पाठकलाई खटाइएको छ ।

त्यस्तै बरेङमा सावित्रा राना, बडिगाडमा सुनिल शेरचन, ढोरपाटनमा मञ्जु शर्मा चालिसे, निसीखोलामा गोबिन्दबहादुर नेपाली र तमानखोलामा लक्ष्मण पुनको नेतृत्व रहेको जनपरिचालन समिति बनाइएको छ । कात्तिक २९ गते जिल्ला स्तरीय कार्यक्रम गर्नका लागि भने उपसचिव धनबहादुर परियार संयोजक रहेको समिति पनि गठन भएको छ । समितिको सदस्यमा नेत्र विष्ट र शेखर खड्का सदस्य छन् ।

आगामी मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेसनका लागि प्रतिनिधि छनौटको काम पनि गर्ने तयारी एमालेले गरेको छ । त्यसका लागि छनौटको स्थान तय भएको छ । मंसिर १० गते महाधिवेसन प्रतिनिधि छनोटको कार्यक्रम पनि गर्ने भएको हो । साथै मतदाता नामावली अद्यावधिकका लागि कार्यकर्ता र आम नागरिकलाई आह्वान गर्ने निर्णय समेत एमालेले गरेको हो । जेनजी आन्दोलन पछिको परिस्थितिलाई हेर्दा नवयुवालाई पार्टीमा ल्याउनेमा पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->