सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेन–जी आन्दोलनको क्रममा लुटपाट गर्ने ३ जना पक्राउ

जेन–जी आन्दोलनको क्रममा लुटपाट गर्ने ३ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

पोखरा/कास्की प्रहरीले भदौ २४ को जेन–जी आन्दोलनको क्रममा लुटपाटमा संलग्न २ जनालाई चोरीको सामानसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा स्थायी ठेगाना भइ हाल पोखरा ५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भइ हाल सोही ठाउँ बस्ने २३ वर्षीय दीपक राना मगर भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरुबाट २२० सीसीको मोटरसाइकल डेल कम्प्यूटरको ३ थान सीपीयू,क्यानन कम्पनीको प्रिन्टर,विभिन्न व्यक्तिको नाममा रहेको २६ थान स्मार्टकार्ड बरामद गरिएको छ । चोरीका सामानहरु बरामद भएसँगै उनीहरुविरुद्ध आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसूरमा दिन चार (४) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

कास्की प्रहरीले भदौ २४ को जेन–जी आन्दोलनको क्रममा कास्की जिल्लास्थित रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, व्यक्तिगत घर–पसलहरुमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान तीव्र पारेको जानकारी दिएको छ ।

यस्तै कास्की प्रहरीले आन्दोलनकै बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको अगाडी पार्किङ गरी राखिएको प्रहरी ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी गर्ने पोखरा ५ का ३६ वर्षीय विश्वराज परियार र पोखरा १३ शान्तिटोल बस्ने ३३ वर्षीय देवकुमार लोदियालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->