सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

एउटै मञ्चमा दुई सयबढी सम्मानित

एउटै मञ्चमा दुई सयबढी सम्मानित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८२, बुधबार

बगलुङ/गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र मालिकाले एकै मञ्चमा दुई सय बढीलाई सम्मानित गरेको छ । संरक्षण केन्द्रले चार महिना अघिदेखी सुरु भएको चातुर्मासिक श्रीविष्णु सहस्रनाम अखण्ड दिव्य पाठपारायण यज्ञ अनुष्ठान समापन समारोहको अवसरमा दुई सय बढीलाई सम्मानित गरेको हो ।

अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंस संरक्षण केन्द्रले गौशाला संरक्षणमा सहयोग पु¥याउने तथा चर्तुमास पाठपारायण तथा शालग्राम र गण्डकी संरक्षणमा योगदान पु¥याउने गुरु, दातालगायत विभिन्न विधाका व्यक्तित्वलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा श्री मुक्तिहरि मन्दिर पाङ पर्वत सहस्रधाराका मठाधिस अनन्तश्री विभुषित स्वामी नारायणाचार्य, रंङ्गवैकटेश मन्दिर मालिका पञ्चासेका स्वामी माधवाचार्य, गौसंरक्षण केन्द्रका अध्यक्ष गोविन्द प्रसाद शर्मा आचार्य, पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्य, गौसंरक्षण केन्द्रका कृष्ण मुरारी आचार्य, पण्डित बालमुकुन्द सापकोटा, जयनारायण संस्कृत गुरुकुलमका सञ्चालिका गोदा रंङ्गनायकी, केशव कार्की, सुरेन्द्र पौडेल र पत्रकार कोपिला कँडेल लगायत रहेका छन् ।

सम्मानित सबैलाई स्वामी कमलनयनाचार्यले सम्मान पत्रसहित दोशल्ला ओढाएका थिए । सो अवसरमा बोल्दै उनले आफ्नो चार महिने ध्यान र पाठपारायणपछि गौ संरक्षण तथा आफ्नो पाठपारायण र ध्यानमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे । ‘गौ संरक्षणसहित कालीगण्डकी, शालग्रामसहित सम्पूर्ण धार्मिक सम्पदाको संरक्षणको लागि राज्यका निकायलगायत सबै सरोकारवाला एकजुट हुनुपर्छ,’ उनले भने ।

सो अवसरमा मुक्तिहरी मन्दिर पाङ सहस्रधाराका मठाधिश स्वामी नारायणाचार्य, गौवंस संरक्षण केन्द्रका कृष्ण मुरारी आचार्य, र जयनारायण संस्कृत गुरुकुलमका गोदा रंङ्गनायकी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम गण्डकी गोपाल गौ संरक्षण केन्द्रका कृष्णमुरारी आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->