सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जिपिटीएको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

जिपिटीएको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८२, बुधबार

पोखरा/वहारमा परीवर्तन, कार्यसम्पादनमा सुधार मुल उद्देश्यसहित स्थापित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको समन्वयमा पोखरा–३१ पचभैयामा दुइ दिने कर्मचारीहरुको क्षमता विकास तथा गुण व्यवस्थापन प्रणालीका कार्यविधिहरुमाथि छलफल कार्यक्रम संपन्न भएको छ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश मुख्यमंन्त्री तथा मन्त्री परीषदको कार्यालयका सचिव ऋषिराज आचार्यको प्रमुख आतिथ्यतामा रहेको थियो । आइएसओ ९००१ः२०१५ प्राप्त प्रतिष्ठानले अर्को ३ वर्षको लागि आइएसओ नवीकरण गरेको छ । त्यसका कार्यविधिहरुमाथि छलफल गर्ने कार्यको सहजीकरण प्रतिष्ठानका उपसचिव नारायण पौडेलले गरेका थिए भने कार्यक्रमको सहजकर्ता प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेल रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले प्रतिष्ठानले गण्डकी प्रदेश सरकारका कार्यक्रमहरुमा भएका र सेवा प्रवाहमा आएका समस्याहरुको समाधानको लागी अध्ययन तथा अनुसन्धान गर्नु जरुरी रहेको बताएका थिए ।

दुईदिनसम्म संचालित कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम गण्डकी प्रदेश संयोजक प्रणय शर्मा , गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना ,गण्डकी प्रदेश मुख्य मंन्त्री तथा मन्त्री परीषदको कार्यालयका उपसचिव टिकाराम पौडेललगायतले आफ्नो विषयबस्तु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->