आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पत्रकारका लागि मोबाइल पत्रकारिता तालिम

पत्रकारका लागि मोबाइल पत्रकारिता तालिम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८२, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय बागलुङको सहयोगमा बागलुङमा क्रियाशिल पत्रकारका लागि आयोजित दुइ दिने मोबाइल पत्रकारिता तालिम बुधबारदेखि शुरु भएको छ ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले तालिमको उद्घाटन गर्दै सूचनाको पहुँच विस्तारसँगै मोबाइल पत्रकारिताको आवस्यकता बढेको बताइन् । उनले आजको समाचार भोली पढ्ने जमाना हराएको भन्दै तत्काल सूचना खोज्ने पाठक र ग्राहकलाई सूचना दिनका लागि मोबाइल पत्रकारिता सम्बन्धी तालिम दिन लागिएको बताइन् ।

प्रेस रजिष्ट्रार कार्यालयले चालुवर्ष गण्डकी प्रदेशभरिका सबै महासंघका शाखामार्फत मोबाइल पत्रकारिता सहितका अन्य तालिम संचालन गरेर पत्रकारको दक्षता अभिवृद्दि गर्ने लक्ष्य राखेको बताइन् । उनले आगामी वर्ष यस्ता प्रकारका कार्यक्रमले निरन्तरता पाउने समेत बताइन् ।

तालिममा फोटो पत्रकार विकास कार्कीले तालिमको सहजीकरण गरेका छन् । दुइ दिनसम्म चल्ने तालिमबाट पत्रकारलाई दक्ष बनाउने र कार्यक्रम तथा घटनास्थलबाटै समाचार संकलन र सम्पादन गरेर आफ्नो संचार माध्यममा पठाउन सक्ने बनाउने लक्ष्य राखिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए ।

तालिम महासंघका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->