आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटनका लागि पुर्वाधार र पदमार्ग

पर्यटनका लागि पुर्वाधार र पदमार्ग

पूर्वाधार मात्र नभइ पर्यटन प्रवद्र्दनका कार्यक्रम पनि संचालन गर्नुपर्ने सरोकारवालाको सुझाव आएको छ । त्यसका लागि पर्यटन बोर्ड पोखरा कार्यालयले पनि लगानी र प्रवद्र्धनात्मक कार्यक्रममा साथ दिने बताएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

बागलुङ/ताराखोला गाउँपालिका वडा नंं २ मा शहीद स्मृति पार्क निर्माण भएको छ । उक्त पार्ककालागि पर्यटन कार्यालय बागलुङले १५ लाख लगानी मिसायो । यो पार्कले पर्यटकको आगमन बढाएको छ । सशष्त्र द्वन्द्वको इतिहास पनि यो पार्कले समेटेको वडा नंं २ का अध्यक्ष भद्रबहादुर घर्तीले बताए ।

ताराखोलाकै वडा नंं १ स्थित गाईघाट झरनाको संरक्षणमा पर्यटन कार्यालयले २० लाख खर्चेपछि पालिका र वडाको समेत लगानीले आर्कषक पर्यटकीय गन्तव्य बनेको छ । यहाँ सयौं पर्यटक पुग्ने गरेका छन् । नियमित पर्यटक जान थालेपछि गाउँपालिकाले प्रति व्यक्ति २० रुपैयाँ शुक्ल लिएर नियमित आम्दानीको श्रोत समेत बनाएको छ ।

गलकोट नगरपालिका वडा नंं ५ को हरिचौर देखि सिमलचौर र अन्तराष्ट्रिय मुर्तीकला सम्म पुग्ने पदमार्ग बनेपछि पर्यटकको आवतजावत बढेको छ । टेउवा स्थित मुर्तीकलामा गाडि चढेर जाने भन्दा पैदल जाने बढी भएको स्थानीय झंकबहादुर बस्नेतले बताए । ‘धेरै मानिस पदयात्रा गरेर आउँछन्, कतिपयले त यहाँ आएपछि केही समय रमाउने अन्य स्थानको पनि खोजी गर्छन्,’ बस्नेतले भने, ‘घुम्टे चढ्नेहरुलाई पनि यो बिश्राम स्थल बनेको छ ।’ ३ हजार १ सय मीटरको उचाइमा रहेको घुम्टेको लेक चढ्ने, त्यहाँ रहेका सिद्दबराहको दर्शन गर्नेहरु समेत छन् ।

गलकोटकै वडा नंं ३ स्थित कोतघर जाने पदमार्ग, बागलुङ नगरपालिका ८ को सिगाना स्थित रानीभुमे सम्म पुग्ने पदमार्ग र ढोरपाटन नगरापलिका वडा नंं १ को भवरेटा जाने पदमार्गले ती स्थानमा दैनिक बिहान घुम्न निस्कनेकालागि समेत आर्कषक गन्तव्य बन्न थालेका छन् । आर्थिक बर्ष २०८१÷०८२ मा पर्यटन कार्यालय बागलुङले जिल्लाभर ३१ वटा पदमार्ग निर्माण गरेको कार्यालयका शाखा अधिकृत नारायण रिजालले जानकारी दिए । स्थानीयको माग र आवस्यकताको आधारमा ती पदमार्ग बनेका हुन् ।

कार्यालयले गत बर्ष २ करोड ९० लाख खर्चेर ३१ वटा पदमार्ग बनाएको हो । त्यस्तै ५ लाख खर्चेर पार्क, ९० लाख खर्चेर ९ वटा पुर्वाधारका योजना पनि बनाएको हो । सदरमुकाम नजिकैको गौरीधाम शिव मन्दिरमा कार्यालयले पार्क बनाएको रिजालले बताए । पछिल्लो समय अधिकांस पदमार्गमा युवाहरुले हाइकीङ गर्न थालेका छन् ।

अब भने पूर्वाधार मात्र नभइ पर्यटन प्रवद्र्दनका कार्यक्रम पनि संचालन गर्नुपर्ने सरोकारवालाको सुझाव आएको छ । त्यसका लागि पर्यटन बोर्ड पोखरा कार्यालयले पनि लगानी र प्रवद्र्धनात्मक कार्यक्रममा साथ दिने बताएको छ । कार्यालय र बोर्डको चासोपछि जिल्लाका महत्वपुर्ण गन्तव्यको खोजीमा स्थानीय जनप्रतिनिधि, व्यवसायी र सामाजिक अभियान्ताले चासो बढाएका छन् । बागलुङ कालीका मन्दिरमा आउने पर्यटकलाई ती गन्त्व्यसहित ढोरपाटनसम्म लैजान सकेमा जिल्लामा पर्यटकको बसाइ एकदुइ दिन लम्ब्याउन सकिने र त्यसबाट जिल्लाले नै फाइदा पाउने होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल बताउँछन् ।

बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पनि प्रवद्र्धन र केही पुर्वाधारको काममा साथ दिने बताएका छन् । बोर्डले पनि मौलिक कला झल्कने सांस्कृतिक क्रियाकलाप र पदमार्ग तथा पर्यटन सूचना केन्द्र जस्ता अत्यावश्यक काममा साथ दिने भएको हो । यो अभियान सफल पार्ने गरी पदमार्गहरु संरक्षण गर्ने, नयाँ पदमार्गमार्फत पर्यटक आर्कषण गर्न सकिने गरी योजना बनाएर लगानी गर्न लामिछानेले कार्यालयलाई सुझावसमेत दिए ।

पर्यटन तथा उद्योग कार्यालयले १० लाख देखि २० लाख खर्चेर अघिल्लो वर्ष ५३ वटा पदमार्ग बनाएको थियो । ती पदमार्ग उपयोगी देखिएपछि गतवर्ष पनि ३१ वटा पदमार्ग बनाएको छ । अब भने ती पदमार्गलाई व्यवस्थित बनाउने र अधिकतम उपयोगमा लैजाने लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->