मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखामा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

गोरखामा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

गोरखा/ गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । सहिद लखन गाउँपालिका–४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि स्थानीय कामदार मिलन आलेले खुकुरी प्रहार गरेका हुन् ।

आले भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने काममा खटिएका कामदार हुन भने घाइते थोङ लजिस्टिक इन्जार्च हुन् । थोङमाथि आइतबार राति सवा ८ बजेतिर खुकुरी प्रहार गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोरखा अस्पताल पठाइएको छ । सोही समयमा रसुवा घर भएका अर्का एक जना कामदारलाई पनि आलेले आक्रमण गरेका छन्। उनको पनि ढाड, कान र गालामा चोट लागेको वडाध्यक्ष थापाले बताए।

उनलाई पनि उपचारका लागि गोरखा अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र फरार रहेका आक्रमणकारी आलेको खोजी भइरहेको गोरखा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->