मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरामा अब आइटीको स्नातक तहको पढाइ

पोखरामा अब आइटीको स्नातक तहको पढाइ

युकेमाजस्तै सिकाइशैलीको साथ पूर्ण रूपमा मान्यता प्राप्त युके डिग्री पोखरामै प्रदान गर्ने उदेश्यका साथ कलेजको स्थापना


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

पोखरा/इनोभेटिभ नेपाल ग्रुप (आइएनजी) ले पोखरामा ‘क’ श्रेणीको सूचना तथा प्रविधि (आइटी) कलेज सञ्चालन गर्ने भएको छ । पोखरा १७ मुस्ताङचोकमा स्नातक तहको आइटी पढाउने नयाँ कलेजको स्थापना हुन लागेको हो । फिस्टेल माउन्टेन कलेज खुलेसँगै अब पोखरामा बेलायतको स्वर्ण शिक्षाको अध्यापन गराइने छ ।

युकेमाजस्तै सिकाइ शैलीको साथ पूर्ण रूपमा मान्यता प्राप्त युके डिग्री पोखरामै प्रदान गर्ने उदेश्यका साथ कलेजको स्थापना गरेको सञ्चालक सुलभ बुढाथोकीले जानकारी दिए । पोखरालाई पर्यटनको मात्रै नभइ आइटीको हब बनाउँदै स्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने वातावरण सिर्जना गर्नु नै मुख्य उद्देश्य रहेको उनले बताए । अहिले नेपालमा आइटीमा दक्ष जनशक्तिको अभाव खड्किएको कारण कलेज स्थापना गरिएको उनले जानकारी दिए । ३ वर्षे कोर्षमा मास्टर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन सिकाइ, बिग डाटा र क्लाउड कम्प्युटिङ सिकाइने छ ।

युकेको वोल्भरह्याम्प्टन विश्वविद्यालयसँगको साझेदारीमा कलेज स्थापना गरिएको बुढाथोकीले सुनाए । विद्यार्थीलाई सिकाइ सँगै रोजगारमा समेत जोड्न सकिने र अबको युग प्रविधिको युग भएकाले आइटी कलेज आवश्यक रहेको उनको भनाइ छ ।

स्नातक तहमा पहिलो वर्ष लेभल ४ को अध्यापन गराइनेछ । दोस्रो वर्ष लेभल ५ र तेस्रो लेभल ६ को पढाइ हुनेछ । यसबाट विद्यार्थीले एआई इन्जिनियरिङ, मेसिन विज्ञ, एम्बेडेड सिस्टम डेभलपर, मोबाइल एप÷ वेब डेभलपर, जटिल सिस्टम इन्जिनियर, सिस्टम विश्लेषक र सफ्टवेयर आर्किटेक्ट बन्न सक्ने बुढाथोकीको भनाइ छ । कोर्षका लागि प्रति कोर्ष करिब ८ लाख रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->