बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीलाई प्रशासनको सेवासुविधा सुनाउँदै प्रजिअ तिवारी

विद्यार्थीलाई प्रशासनको सेवासुविधा सुनाउँदै प्रजिअ तिवारी

सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती हुने खबर मात्रै सुनेका विद्यार्थीलाई सरकारी कार्यालयले दिने सेवा, जिल्लाका अन्य सरकारी कार्यालयको कार्यसम्पादनमा प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारेमा जानकारी गराइएको थियो ।


  • हरिकृष्ण गौतम
  • मंसिर १३ २०८२, शनिबार

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले सरकारी कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहका बारेमा विद्यार्थीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सुरू गरेको छ । सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती हुने खबर मात्रै सुनेका विद्यार्थीलाई सरकारी कार्यालयले दिने सेवा, जिल्लाका अन्य सरकारी कार्यालयको कार्यसम्पादनमा प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारेमा जानकारी गराइएको थियो ।

प्रशासनको सभाहलमा आयोजित कार्यक्रममा बेनी सामुदायिक माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जिल्ला प्रशासन कार्यालय, प्रजिअको काम, जिल्ला प्रशासनले कुन’कुन सेवा उपलब्ध गराउने, जिल्लाभित्रका विकास निर्माणमा कसरी सहजीकरण गरिने बारेमा जानकारी गराए ।

पहिलोपटक प्रशासनमा विद्यार्थी लक्षित कार्यक्रममा प्रजिअ तिवारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासनको भूमिका, सरकारी सम्पत्ती संरक्षणमा नागरिकको भूमिका, सुशासन, सेवाप्रवाहमा कर्मचारी र सेवाग्राहीको आचरण र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने लगायतका विषयमा जानकारी गराइएको प्रजिअ तिवारीले बताए । ‘सरकारी सेवासुविधाका बारेमा विद्यार्थीलाई जानकारी गराउँदा घरदैलोमै सन्देश पुग्छ, सरकारी कार्यालयले दिने सेवाबाट नागरिकको विश्वास कायमराख्न पनि यस्ता कार्यक्रम आवश्यक छ’ प्रजिअ तिवारीले भने ।

प्रजिअ तिवारीले जन्मदेखि मृत्युसम्म नागरिकको सेवामा सर्मपित राज्यप्रति विद्यार्थीबाट खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा समेत जानकारी गराएका थिए । जिल्लामा यूवा, विद्यार्थीलाई सरकारी सेवासुविधाका बारेमा जानकारी सहित विविध रचनात्मक कार्यका लागि मासिक रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रजिअ तिवारीले बताए ।

कार्यक्रममा सहभागि विद्यार्थी सञ्जीविनी अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा तथा जिल्लाभित्रका सरकारी कार्यालयका बारेमा धेरै जानकारी पाएको बताइन् कार्यक्रममा बेनी सामुदायिक माविका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालयले विद्यार्थीको सुझाव, गुनासोलाई सम्बोधन गदैं मासिक रुपमा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->