पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले बाम एकिकरण मात्र आजको आवस्यकता नभएको बताएका छन् । एकिकरणसंगै रुपान्तरित, फेरिएको र बदलिएको एकीकृत पार्टी आजको आवस्यकता रहेको भन्दै उनले व्यवहारमै रुपान्तरण भएर देखाउनु पर्ने बताए ।
पोखराको चिप्लेढुंगामा आज आयोजित नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले भ्रष्टाचारी, दुराचारी, ठग, अराजकतावादी, पद्धतीहीन र अनुशासनहीन जस्ता व्यक्ति पार्टीमा नभएमात्र रुपान्तरित हुने तर त्यस्ता मान्छे भएमा रुपान्तरित हुन नसक्ने बताए । वैज्ञानिक समाजवाद रणनीतिक लक्ष्यकासाथ पार्टी एकिकरण भएको भन्दै उनले सामाजिक, आर्थिक रुपान्तरण, विकास र समृद्धिलाई तिव्र पारेर आम जनताको जीवन फेर्ने मुख्य कार्यभार नेपाली कम्युनिष्ट पार्टीको रहेको र सोही कार्यभार पुरा गर्न आफुहरु एक भएको दावी गरे ।
कुशासन, भ्रष्टाचार, राजीतिक अस्थिरता अन्त्यका लागि जेन जी पुस्ताको बिद्रोह भएको उनले बताए । जेनजीको आन्दोलन वा बिद्रोह समानुपातिक प्रतिनिधित्वको लागि नभई भ्रष्टाचार बिरुद्ध, सुशासनको पक्ष, राजनीतिको स्थिरता र दलहरुको शुद्धिकरणका पक्षमा रहेको उनको भनाई थियो । अव यी कुरा सुधारेर जान सके नेपाल समृद्ध हुन्छ भनेरै जेन जी बिद्रोह भएको उनले बताए । तत्कालिन माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारबिरुद्ध काम गर्न थाल्द ा कांग्रेस र एमालेहरु अत्यालिएर हाम्रो सरकारलाई फालिदिएको उनले दावी गरे । उनले फागुन २१ को निर्वाचनको विकल्प नरहेको जिकीर गरे ।





