आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई सहयोग

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई सहयोग

कोषका संस्थापक प्रकाश र किरणले थप २ लाख थप गरी हाल १० लाख पुगेको छ ।


  • हरिकृष्ण गौतम
  • मंसिर २१ २०८२, आइतबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २ लाख बराबरको शैक्षिक तथा खेलकुद साम्रागी वितरण गरिएको छ ।

स्थानीय समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हिराबहादुरको स्मृतिमा छोरा प्रकाश बानियाँ, किरण बानियाँले विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ८२ जना जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गरिएको हो ।

उक्त सामग्रीहरु स्व. हिराबहादुर बानियाँका ससुराबुबा लालबहादुर हमाल, छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ लगायत परिवारका अन्य सदस्यले बिद्यार्थीलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा कोषबाट खेलकुद साम्रागी, खेल पोशाक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदी र प्रअ सोमनाथ ढुंगानालाई हस्तान्तरण गरिएको थियो ।

तीनबर्ष अगाडी पाँच लाख रुपैयाँको अक्षयकोष विद्यालयमा स्थापना गरेर अक्षयकोषको सुरुवात गरिएमा शनिबार कोषद्धारा आयोजित कार्यक्रममा कोषका संस्थापक प्रकाश र किरणले थप २ लाख थप गरी हाल १० लाख पुगेको छ । कोषको ब्याजबाट विद्यार्थीलाई सहयोगसँगै हरेक बर्ष मुल कोष रकम बृद्धि गरेर २५ लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य रहेको प्रअ ढुंगानाले बताए । सरकारी जागिरबाट सेवानिवृत्त हिराबहादुर बानियाँको निधन भएपछि स्थापित कोषबाट विद्यार्थीसँगै स्थानीय समुदाय लक्षित विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ मन्तब्य व्यक्त गर्दै हिराबहादुर बानियाँ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुबेदीले शैक्षिक तथा सामाजिक क्षेत्रसहित विभिन्न क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

यसैबीच विद्यालयबाट राष्ट्र«पति रनिङ शिल्डमा स्वर्ण पदक बिजेता दुई विद्यार्थीलाई वडा अध्यक्ष बानियाँले ब्यक्तिगत रुपमा प्रतिविद्यार्थी २५ सय रुपैयाँ सहयोग गरेका थिए । काृेष स्थापना भएपछि विपन्न विद्यार्थीलाई धेरै सहज भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->