बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमाले महाधिवेशनः ८० वटा मेसिनबाट मतदान गर्नै लाग्छ १०-१२ घण्टा

एमाले महाधिवेशनः ८० वटा मेसिनबाट मतदान गर्नै लाग्छ १०-१२ घण्टा

रामलक्ष्मण इन्जिनियरिङका प्रमुख लक्ष्मण रिमालका अनुसार एक जनालाई मतदान गर्न सरदर ३० मिनेट लाग्छ। उम्मेदवार यो छान्ने कि त्यो छान्ने भनेर घोत्लिन थाले समय अझै बढ्नेछ।


  • Dhorpatan News
  • पुष २ २०८२, बुधबार

काठमाडौं / नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बुधबार (आज) बिहान भृकुटीमण्डप काठमाडौंमा मतदान हुनेछ। एमाले कन्द्रीय निर्वाचन आयोगका अनुसार पद संख्या, उम्मेदवार संख्या, मतदाता सबै नै पूर्व निर्धारित भन्दा बढी भएकाले समय बढी लाग्ने भएको हो।

यो मतदान केवल एक जनालाई मात्रै छान्नका लागि मात्रै भइरहेको छैन् । ३ सय भन्दा बढि पदका लागि उम्मेदवार छनौट गर्न मतदान हुने हो। त्यसैले पनि बढि समय लाग्ने छ । मतदान गर्ने समय निश्चित भएपछि अब सवैको चासोको बिषय बनेको छ मतदान कसरी हुन्छ, समय कति लाग्छ र गणनाको लागि चाहिने समय कति हो ? यो सवैका वारेमा जानकारी पाउन यी विषयमा थाहा पाउनु पर्दछ ।

१. मतदाता कति छन् ?
११ औँ राष्ट्रिय महाधिवेशनमा ७७ वटै जिल्ला एवं देशबाहिरको संगठन, प्रवासी नेपाली मञ्चबाट समेत प्रतिनिधि आएका छन्। कूल २ हजार २ सय ६३ जना मतदाता छन्।

२. मतदान गर्न कति समय लाग्छ ?
निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले दिएको जानकारी अनुसार मतदान गर्न ६ घण्टा लाग्नेछ।

तर, रामलक्ष्मण इन्जिनियरिङका प्रमुख लक्ष्मण रिमालको भनाइ फरक छ। उनका अनुसार एक जनालाई मतदान गर्न सरदर ३० मिनेट लाग्छ। उम्मेदवार यो छान्ने कि त्यो छान्ने भनेर घोत्लिन थाले समय अझै बढ्नेछ। मेसिनमा मतदान गर्न अलमल भएमा पनि निर्धारित समय लम्बिनेछ। रिमालकाअनुसार उम्मेदवार, मतदाता संख्या अनि पार्टीको संरचना सबै पक्षा हेर्दा मतदान सम्पन्न हुन १०-१२ घण्टासम्म लाग्न सक्छ।

३. कति पदका लागि मतदान हुने हो ?
अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म छान्न मतदान हुने हो। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चयन हुँदैछन्। ३०१ जना केन्द्रीय सदस्य छान्नका लागि लागि मतदान हुने हो।

४. उम्मेदवार कति जना छन् ?
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल सहित करिब ६ सय ५० जना उम्मेदवार रहेका छन्। पूर्व अनुमानभन्दा धेरै उम्मेदवार संख्या र तिनको नाम, फोटो क्लस्टर मिलाउनु पर्दा मतदान सुरु हुन ढिलो भएको हो।

५. कसरी मतदान हुन्छ ?

  • टच स्क्रिन डिस्प्लेः मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि  उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ। यो भनेको तपाइँको मतदान सदर भयो भनेको हो।
  • क्रमैसँग मतदानः निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ। जस्तोः अध्यक्ष, उपाध्यक्ष, महासचिव… क्रमैसँग।
  • सफल भएको सन्देशः सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडियो सन्देश सुनाउँछ।

६.कतिवटा हुने छन् भोटिङ मेसिन ?
मतदान स्थलमा ८० वटा मेसिन रहेका छन्। एउटा मेसिनमा मतदान गर्न छिरेको मतदाताले त्यही मेसिनमा सबै उम्मेदवारलाई मतदान गर्नुपर्छ।

७. मत परिणाम कहिले आउला ?
मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->