शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोलाका कृषकलाई सम्मान

फेदीखोलाका कृषकलाई सम्मान


  • ढाेरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

स्याङ्जा/फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मान गरेको छ । कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पाँचौ कृषि मेला प्रदर्शनीमा सम्मान गरेको हो ।

मेलामा गाउँपालिका क्षेत्र भित्रका २६ वटा कृषि तथा पशुपन्छी फर्मको स्थलगत अवलोकन गरी पाँच विधामा २५ जना कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

त्यसैगरी दुइ सय ९३ वटा कृषि तथा पशुपन्छी नमूना समावेश खुला प्रतिस्पर्धाबाट उत्कृष्ट नमूनालाईबाट ८५ जना कृषक सम्मानित भए ।

‘कृषि व्यनवसायीकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका–२ फेदीखोला रंगशालामा मेला आयोजना गरिएको हो ।

मेलामा एकीकृत कृषि, मौरी,पशुपालन, पोल्ट्री, माछा पालनदेखि विभिन्न बाली तथा स्टल समूह गरी १७ विधालाई समेटिएको थियो । स्टलतर्फ जरे, फूल, तरकारी, मसला, नगदे, फलफूल, रैथाने बाली तथा पशुपन्छी प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा निशुल्क बाली उपचार शिविर, निशुल्क माटो परीक्षण सेवा तथा कृषि व्यवसायसँग सम्बन्धित विविध विषयमा छलफल समेत गरिएको थियो ।

फेदीखोला गाउँपालिकाले पकेट क्षेत्र विकास, उत्पादनमा आधारित अनुदान, बाँझो जग्गा खेती प्रोत्साहन, कृषि उपज संकलन केन्द्र, कृषि सहकारी, कृषि एम्बुलेन्स, मौरी पालन हब, युवा उद्यम कार्यक्रमलगायत नमूना अभ्यासहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष कृषि व्यवसायिकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

पालिका भित्रका नागरिकलाई व्यसायीक तथा आत्म निर्भर बनाउने प्रयास पालिकाले गरेको बताउदै सुवेदीले बाँझो जग्गा राख्नेलाई जरिवना गरिने काम गर्नेलाई प्रोत्साहन गर्ने बताए ।

यस्तै प्रदर्शनीमा वडा नं –२ का राजेन्द्र गुरुङले पालेको बोकाँ सबैको आर्कषण बनेको थियो । उनले पालेको दुई वर्षको एक सय किलोग्रामको बोका सबैको आकर्षण बनेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->