शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

छैटौ क्रसकन्ट्री दौडमा सेनाका रावल च्याम्पियन

छैटौ क्रसकन्ट्री दौडमा सेनाका रावल च्याम्पियन

क्रसकन्ट्रीमा रावलले एक घण्टा २७ मिनेट ३० सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधिसहित ५० हजार रुपैयाँ नगद हात पारे । रावलले आफ्नो पुरानो रेकर्ड २२ सेकेन्डले तोडेका छन् ।


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

स्याङ्जा/साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौ क्रसकन्ट्री दौडको च्याम्पियन बनेका छन् ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको मंगलबार भएको क्रसकन्ट्रीमा रावलले एक घण्टा २७ मिनेट ३० सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधिसहित ५० हजार रुपैयाँ नगद हात पारे । रावलले आफ्नो पुरानो रेकर्ड २२ सेकेन्डले तोडेका छन् ।

त्यस्तै आर्मीकै अर्जुन बुढाले एक घण्टा २९ सेकेन्ड १८ मिनेटमा दूरी पार गरी दोस्रो बन्दै ४० हजार र संखुवासभाका तेन्जिङ शेर्पाले एक घण्टा ३१ मिनेट १७ सेकेन्डमा दूरी पार गरेर तेस्रो बन्दै ३० हजार प्राप्त गरे ।

यस्तै २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडमा प्रथम बबिन योगी(सल्यान), द्वितीय अजय पाण्डे क्षेत्री(कपिलवस्तु) र बादल कार्की(बाग्लुङ) तृतीय बने ।

महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा प्रथम सृजना पाण्डे(आर्मी), द्वितीय दौपता कठायत(दैलेख) र तृतीय अनिता राई(भोजपुर) बने । १० किमी पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे ।

विद्यार्थी छात्रतर्फ रोशन साङतान प्रथम, सुजन कार्की दोस्रो र विशाल रानाले तृतीय स्थान हासिल गरे । छात्रातर्फ रञ्जिता जिटी प्रथम, द्वितीय सपना परियार, रोशनी नेपाली तृतीय बने । विद्यार्थीतर्फ प्रथमले आठ, द्वितीयले पाँच र तृतीयले पाँच हजार प्राप्त गरे ।

यस्तै रन फर फन तर्फ लुङगी दौडमा सरिता बुढा मगर प्रथम, नेत्र कुमारी पौडेल द्वितीय र तृतीय स्थान बालकुमारी भट्टराईले हात पार्दै क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ हात पारे । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।

ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्न, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले यहाँ प्रतियोगिता गरेको मञ्चका महासचिव जीवनप्रसाद पोखरेलले जानकारी दिए ।

पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन ःबराहचौरमा आएर टुङ्गिएको हो ।

प्रतियोगितामा २५ किमीमा २० जना, १० किमी पुरुष ६५, १० किमी महिला १० जना, पाँच किमी छात्र ६५ जना, छात्र तर्फ २१ जना र रन फर फनमा १३ जना खेलाडी सहभागी भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->