शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भलिबलका पूर्वराष्ट्रिय खेलाडी बस्नेत सम्मानित

भलिबलका पूर्वराष्ट्रिय खेलाडी बस्नेत सम्मानित


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८२, शुक्रबार

पोखरा/भलिवल खेलका पूर्वराष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।हिमालय क्लब, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् ।

क्लबको २९ औं वार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तीर्थमान तामाङ, मानार्थ सदस्य पूर्वमन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पूर्ववडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत, क्लबका पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठले नगद १० हजार, सम्मानपत्र र सल सहित सम्मान गरे ।सोही अवसरमा क्लवले बिभिन्न बिधाका उत्कृष्ट सदस्यलाई अवार्डबाट सम्मान ग¥यो ।

वेष्ट प्रोजेक्ट अवार्डबाट दुर्गालाल श्रेष्ठ,वेष्ट कोअर्डिनेटर अवार्ड प्रकाश थापा, उत्कृष्ट कर्मचारी अवार्ड लक्ष्मी पौडेल, सरीता अधिकारी र वर्षकै उत्कृष्ट सदस्य अवार्डबाट सुचना अधिकारी शिवराज देवकोटा सम्मानित भए ।

यसअघि साधारण सभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष तामाङले सामाजिक क्षेत्रमा संस्थाले पु¥याएएको योगदानको प्रशंसा गर्दै, समाजको विकास र रुपान्तरणमा यस्ता संघ संस्थाको भूमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा सम्मानित व्यक्ति बस्नेतले पुरस्कार स्वरुप प्राप्त गरेको रकममा ५ हजार थप गरी १५ हजार रुपैंया अक्षयकोषमा नै सहयोग गरेका छन् ।

प्रतिभा छनोट समितिका संयोजक रामबहादुर बाँनियाले सम्मानित व्यक्तिको परिचय गराएको कार्यक्रममा पूर्वअध्यक्ष सुशील बस्नेत,सदस्य लक्ष्मी श्रेष्ठ, पुरस्कृत एवं सम्मानित खेलाडी योगेन्द्रबहादुर बस्नेतलगायतले सामाजिक क्षेत्रमा क्लवले पुर्याएको योगदानको चर्चा गरेका थिए । पुरस्कार छनोट समितिमा संयोजक रामबहादुर बाँनिया, राजेन्द्रबहादुर देवकोटा, प्रकाश थापा र तुलबहादुर बस्नेत थिए ।

क्लवका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए । सभाले सचिव बस्नेत र कोषाध्यक्ष लक्ष्मी पोडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->