बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरा सडक महोत्सव सुरु (फोटो फिचर)


  • ढाेरपाटन संवाददाता
  • पुष १३ २०८२, आइतबार

पोखरा/ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित सडक महोत्सव आइतबार सुरु भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा २७ औं संस्करणको सडक महोत्सव हुन लागेको हो ।


‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजित महोत्सव १७ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन अघि लेकसाइडमा झाँकीसहितको र्यालीको आयोजना गरिएको थियो । कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । उनले भने, ‘महोत्सव संस्कृतिजस्तो बनेको छ । यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्राण्डिङमा पनि सघाउने छ ।’


तस्बिरहरु विजय नेपाली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->