स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–१ ले शनिबार लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग लगायत सम्बन्धी एक दिने निःशुल्क अभिमुखीकरण कार्यक्रम गरेको छ । आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर तालिम लिनबाट बन्चितलाई पालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्दछु भन्नेलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताए । उनले भावी दिनमा कसरी अगाडि बढने भन्ने अभिमुखीकरण कार्यक्रमले बाटो देखाउने र प्रेरणा दिने काम गरेको बताए ।
यो कार्यक्रम कुशल प्रशासक मात्र नभई डाक्टर इन्जिनियर बन्ने बाटो समेत भएको उनको भनाई थियो । उनले अभिमुखीकरणलाई लोक सेवा मात्र नभई सबै प्रकृतिका उदेश्य पुर्ति गर्नमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आपूले धेरै दुख गरेर निजामती सेवा प्रवेश गरेको बताउँदै सरकारी विद्यालयमा पढेको र आफ्नो टोलमा अझै मोटरबाटो नपुगेको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष सपना गुरुङले मन्तव्य राखेका थिए ।
एक दिने अभिमुखीकरण कार्यक्रममा गाउँपालिका वडा नं. ५ घर भई स्वस्थ्य मन्त्रालयमा उपसचिव मित्र प्रसाद घिमिरेले लिखित परिक्षा दिन कसरी पढ्ने र परिक्षा दिने भन्ने बिषयमा जानकारी गराएका थिए ।
यस्तै अर्जुन चौपारी गाउँपालिका वडा नं –३ घर भई स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृत पिताम्बर रिमालले आईक्यू र गाउँपालिका पुर्व प्रशासकीय अधिकृत तथास्वास्थ्य मन्त्रालयका शाखाँ अधिकृत कौशलराज पाण्डेले समसामयीक बिषयमा कसरी परिक्षा दिनेमा सहजीकरण गरेका थिए । अभिमुखीकरणमा लोकसेवाको तालिम लिन बन्चित कर्मचारी, आर्थिक अवस्था कमजोर भएका र विद्यार्थीहरु गरी १५० जनोका सहभागिता रहेको थियो ।





