आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा जीवन शर्मा एकल सांस्कृतिक साँझ हुने

बागलुङमा जीवन शर्मा एकल सांस्कृतिक साँझ हुने


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८२, शुक्रबार

बागलुङ/जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी अगाडि बढाइएको छ ।

लामो समयदेखि गरीब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृती विसंगति, महंगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका बागलुङको जैमिनी नगरपालिका–९ राङखानी निवासी शर्माको एकल साँझको तयारी अगाडि बढाइएको हो ।

प्रगतिशिल लेखक संघ बागलुङको आयोजनामा अगामी माघ २४ गते बागलुङ बजारमा गर्न लागिएको जीवन शर्मा एकल साँस्कृतिक साँझको तयारी स्वरुप सचिवालय गठन र विभिन्न उपसमिति गठन गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रगतिशिल लेखक संघ बागलुङका अध्यक्ष विजय रानाले जानकारी दिए ।

एकल साँझ गर्नका लागि गत पुस १६ गते प्रगतिशिल विचार राख्ने लेखकहरुको सर्वपक्षिय भेलाले रानाको संयोजकत्वमा मुल समिति गठन गरेको थियो । मुल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंमसेवक तथा सुरक्षा र फोटो भिडियो उपसमिति गठन गरेको रानाले बताए ।

आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतिक थापा, सदस्यमा तारानाथ आचार्य र रेजिना खत्री, प्रचारप्रसार उपसमितिको संयोजकमा खेमराज गौतम सुवास, सदस्यहरुमा ताराप्रसाद शर्मा र यमबहादुर थापा, टिकट व्यवस्थापन उपसमितिको संयोजकमा आश्विन शेख, सदस्यहरुमा घनश्याम कँडेल र अमृत सापकोटा रहेका छन् ।

यस्तै मञ्च तथा प्राविधिक उपसमितिको संयोजकमा दिलीप प्रतेल, स्वयमसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा रोहित सुनारसहित प्रवुद्ध युवा समुह र फोटो भिडियो संयोजकमा दिनेश जिसी र सदस्यमा सुजन रेग्मी रहेका छन् ।

सचिवालय समितिमा मुल संयोजकसहित उपसमितिका संयोजकहरु रहने अध्यक्ष रानाको भनाई छ । एकल साँझका लागि ६ लाख रुपियाँ खर्च अनुमान गरिएको तथा विभिन्न प्रायोजक, स्थानीय तह, टिकट, संघसंस्थाबाट आर्थिक संकलन गरिने छ । पत्रकार सम्मेलनको सञ्चालन संघका सचिव बिनोद प्रतिक थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->