मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठमाडौंमा जेन्जी आन्दोलन दमन आरोपी रिजाल गण्डकीमा सरुवा

काठमाडौंमा जेन्जी आन्दोलन दमन आरोपी रिजाल गण्डकीमा सरुवा


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

पोखरा/  काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदा भदौ २३ र २४ गतेको जेन जी आन्दोलन दमन गरेको आरोप लागेका छविलाल रिजाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । संघीय सरकारले ८ जना सहसचिवको सरुवा गर्ने निर्णय अनुसार रिजाल गण्डकीमा आउने भएका हुन् ।

यसैगरी गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा युवानिधि बसौला आउने भएका छन् । बसौलालाई स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशमा पठाइएको हो। गण्डकीका स्वास्थ्य सचिव विश्वबन्धु बगालेको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले विभिन्न मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो । सरुवा सूचीअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव केदारनाथ शर्मा अर्थ मन्त्रालय पुगेका छन् । यस्तै, भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका र हालै मात्र विशेष अदालतबाट सफाइ पाएका प्रदीप परियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत धर्मेन्द्रकुमार मिश्रलाई गृह मन्त्रालयमा ल्याइएको छ । मधेश प्रदेशबाट ओमप्रकाश यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयमै कार्यरत राम आधार यादवलाई भने मधेश प्रदेश पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->