आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुँडुले सेवा समाजको अध्यक्षमा कृष्णप्रसाद आचार्य

कुँडुले सेवा समाजको अध्यक्षमा कृष्णप्रसाद आचार्य


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

बागलुङ/कुँडुले सेवा समाज बागलुङको ८ औं साधाराण सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ताराकान्त आचार्य, सचिव रिता शर्मा, कोषाध्यक्ष नारायण सापकोटा, सह–सचिव रिता थापा रहेका छन् । समितिको सदस्यहरुमा हरिप्रसाद सापकोटा, निलप्रसाद सापकोटा, लोकनाथ शर्मा गणेश र मनोज शर्मा सापकोटा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै संस्थाका मानार्थ सदस्य हिमालयप्रसाद आचार्यले संस्थालाई अगाडी बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा बानपा–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, वडा सचिव नेत्रप्रसाद सापकोटा, वडा नं. ३ का अध्यक्ष शनि केसी लक्ष्मण, वडासदस्य अर्जुन सापकोटा, कुँडुले माविका प्रधानाध्यापक हरिलाल कँडेल, कुँडुले सेवा समाजका सल्लाहकार यामलाल आचार्य, संस्थापक सचिव कृष्ण प्रसाद सापकोटा, खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्य, मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा रेग्मी, सदस्य प्रकाश केसीले बोलेका थिए ।

कार्यक्रममा समाजका सचिव टिकाराम शर्मा सापकोटाले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष रितादेवी शर्माको स्वागत र सचिव टिकाराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->