मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मुस्ताङमा हिमपात (फोटो फिचर)

मुस्ताङमा हिमपात (फोटो फिचर)


  • अमृत बास्कुने
  • माघ १० २०८२, शनिबार

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङमा रातीदेखि हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगमा राती देखिको हिमपात अहिलेसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये घरपझोङ, बारागुङ मुक्तीक्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकामा हिमपात भएको छ । थासाङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको डिएसपी लामाको भनाई छ । उनले भने, ‘बिहानसम्म मुक्तिनाथमा हिमपात भैरहेको भएपनि अहिले रोकिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिहान साढे ८ बजेसम्म आधा फिट हिउँ जमेको र थपिने क्रम जारी रहेको उनले जानकारी दिए ।

मुस्ताङको होटल प्राइड जोमसोमका सञ्चालक अमृत सुवेदीले हिमपात जिल्लाभर भएको देखिन्छ तर अलिक पातलो नै छ । मुस्ताङ आएका पर्यटकका लागि हिमपातले उत्साह थपेको छ । ‘बाहिरबाट मुस्ताङ आइपुगेका पर्यटकलाई हिउँमा खेल्नका लागि र फोटो भिडियो खिच्ने रमाउन यो राम्रो अवसर हो’ व्यवसायी सुवेदीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->