शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बैंकका गार्डमाथि चक्कु प्रहार

बैंकका गार्डमाथि चक्कु प्रहार


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

पोखरा/स्याङ्जामा गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीका अनुसार बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको हो ।

घटना मंगलबार बिहानको हो । प्रहरी चौकी बिरुवा अर्चले स्याङजाबाट खटिएको प्रहरीको टोलीले चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही गाउँपालिका १ का ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठ हुन् । उनीमाथि ज्यान मार्ने उद्योगमा सात दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->