बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिउँले गोरखाको गुप्सी गाउँको सवै बस्ती सेताम्मे

हिउँले गोरखाको गुप्सी गाउँको सवै बस्ती सेताम्मे

गुप्सीमा गैरआवसीय नेपाली संघले ६ सय वटा एकै प्रकारका घर बनाइदिएको छ । हिउँसँगै यो बस्ती सुन्दर देखिने हुनाले मानिसहरू यहाँ हिउँ खेल्न पुग्छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

गोरखा / गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा बुधबार हिमपात भएको भएको छ । बुधबार बिहानदेखि जिल्लाको लाप्राकलगायत क्षेत्रमा हिमपात भएको हो । चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै गाउँबस्ती हिमपातले सेताम्मै छन् । धार्चेको लाप्राकस्थित गुप्सीपाखा र सिङ्लामा तीनबर्षपछि हिउँ परेको हो ।

हिउँ परेसँगै उत्तरी गोरखा धार्चेस्थित लाप्राक, गुप्सीपाखामा हिउँ खेल्नेहरूको पुग्न थालेका छन् । गोरखा भूकम्पपछि गुप्सीमा गैरआवसीय नेपाली संघले करिब ६ सय वटा एकै प्रकारका घर बनाइदिएको छ । हिउँ परेसँगै यो बस्ती सुन्दर देखिने हुनाले पनि मानिसहरू यहाँ हिउँ खेल्न पुग्छन् । गुप्सीपाखा समुद्री सतहबाट २९ सय मिटर उचाइमा छ।

भारी हिमपात भएपछि भेडा, च्याङ्गा, चौरी, खच्चड एवं घोडा पालक कृषक भने समस्यामा परेका छन्। धारामा पानी जम्दा पिउने पानीको समस्या भएको छ । तर हिउँ परेपछि गहुँ, जौ, आलु, फापरलगायत खेती राम्रो हुने भन्दै किसानहरू खुसी पनि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->