सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बदलिएको कांग्रेसले देशमा भ्रष्टाचारको अन्त्य गर्छ– सभापति थापा

बदलिएको कांग्रेसले देशमा भ्रष्टाचारको अन्त्य गर्छ– सभापति थापा


  • ढाेरपाटन संवाददाता
  • माघ २३ २०८२, शुक्रबार

पोखरा/  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले व्याप्त भ्रष्टाचारको आहालबाट देशलाई निकाल्ने दावी गरेका छन् । सभापति भएपछि पहिलोपटक पोखरा आएका सभापति थापाले कास्की पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

देशमा सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार रहेकाले नागरिकहरु रिसाएको उनलेब ताए । नियत ठिक भएको नेताले सही नीति बनाएर कार्यान्वन गर्ने र यसले नेपालमा भ्रष्टाचार घटेर नेपाल सुधारिने भन्दै थापाले बदलिएको कांग्रेसले नै विगतमा हिंसाको आहालबाट निकाले झै भ्रष्टाचारको आहालबाट पनि कांग्रेसले देशलाई निकाल्ने बताएका हुन् । ‘देशलाई सम्हाल्ने र सुधार्ने शक्ति आओस् भन्ने नागरिकको चाहना छ’, सभापति थापाले भने, ‘हामी देशलाई सम्हाल्छौ, व्यवस्थालाई सुधार्छौ भनेर अघि बढेका छौ ।’

पुरानो र नयाँ पार्टी नेपाली कांग्रेस रहेकाले घृणा र प्रतिशोधको राजनीति गर्न नसकिने उनले बताए । ‘देशमा मिलाउने र सम्हाल्ने शक्ति चाहिएको छ । त्यो कांग्रेससंग मात्रै छ’ उनले भने, ‘आगो जसले पनि लगाउन सक्ने र उत्तेजनाको राजनीति जसले पनि गर्न सक्ने भए पनि आगो निभाउन र उत्तेजनाको राजनीतिलाई रोक्ने शक्ति भनेकै कांग्रेस हो ।’

उनले एकढिक्का भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए । कांग्रेस छाडेर गएकाहरुलाई घर फर्किन आव्हान पनि गरे । राष्ट्रिय पार्टी हुने नहुने कुरा जनताको मतले गर्ने कुरा रहेको तर निर्वाचनमा हारे पनि कांग्रेस एउटा राष्ट्रिय शक्तिको रुपमा रहेको उनले बताए । राष्ट्रिय पार्टी भएमा सरकार बनाउने वा प्रतिपक्षमा बस्ने मात्रै कुरा रहेको भन्दै उनले राष्ट्रिय शक्ति भएको नाताले कांग्रेसले देशमा अभिभावकीय भूमिकामा बस्ने, समस्या चिनेर सम्बोधन गर्ने संकल्प गरेर आएको बताए ।

भदौ २३ र २४ गतेको तिथिमिति मात्रै घोकेर नहुने भन्दै उनले त्यसको गर्भमा के छ भनेर हेर्नुपर्नेमा जोड दिए । नागरिकहरु गहिरोसंग रिसाएको र अर्कोे राज्यका संस्थाप्रति संविधान, अड्डाअदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास झांगिएकाले जेनजी आन्दोलन भएको उनको भनाई थियो । नागरिकको रिस झांिगएर आत्मविश्वास गुमाएको अवस्थाले भित्रभित्रै आगो बलिरहेको भन्दै उनले यसलाई मिलाएर लिएर जाने जिम्मेवारी कांग्रेसको हातमा रहेको दावी पनि गरे । गत भाद्र २४ मा देश दन्दनी बलेको र अव अर्को भदौ २४ मा देश जल्न नदिने शक्ति भनेको कांग्रेस हो भन्ने सन्देश जनताकोमा पुराउनुपर्ने भन्दै उनले देशलाई जल्न नदिएर सम्हाल्ने, कुनै पनि हिंसाको दलदलमा र उत्तेजनाको राजनीतिमा नेपाललाई पर्न कांग्रेसले नदिने उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->