सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार प्रतिवादी गुल्मीको रुद्रबेनीबाट पक्राउ

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार प्रतिवादी गुल्मीको रुद्रबेनीबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८२, बिहिबार
फाइल तस्विर

पोखरा/ लागू औषध (गाँजा) मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएर कास्की कारागारमा थुनामा रहेका एक फरार प्रतिवादी गुल्मीमा पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय डिलबहादुर डिमडुङलाई इलाका प्रहरी कार्यालय रिडी, गुल्मीले रुरु गाउँपालिका–२ रुद्रबेनीबाट पक्राउ गरेको हो ।

उनलाई १ वर्ष ३ महिना २९ दिन कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट पक्राउ परेका डिमडुङ अदालतमार्फत कास्की जिल्ला कारागारमा थुनामा रहेका थिए ।

जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार भई रुद्रबेनी क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । डिमडुङलाई कास्की कारागार ल्याउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->