बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना परेको छ । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भिर छ । घाइतेको उद्दार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





