शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

एकै बैंकका दुई सहकर्मी बीच रोमाञ्चक प्रतिस्पर्धा

एकै बैंकका दुई सहकर्मी बीच रोमाञ्चक प्रतिस्पर्धा

मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व प्रमुख कार्यकारी निर्देशक भरतराज ढकाल अहिले सहयात्री नभएर प्रतिस्पर्धी बनेका हुन् ।


  • अर्जुन काफ्ले
  • फाल्गुन ४ २०८२, सोमबार

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनको सरगर्मी बढ्दै जादाँ स्याङ्जा क्षेत्र नम्बर १ मा एउटै बैंकमा आवद्ध दुई सहयात्री चुनावी मैदानमा ओर्लिएका छन् ।

मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व प्रमुख कार्यकारी निर्देशक भरतराज ढकाल अहिले सहयात्री नभएर प्रतिस्पर्धी बनेका हुन् । आँधीखोला ६ का पूर्वअध्यक्ष ढकाल नेपाली कांग्रेसबाट र र पुतलीबजार नगरपालिका –९ का पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ मैदानमा रहँदा रास्वपा, नेकपा सहित अन्य दल र स्वतन्त्र गरेर १२ पनि जनअनुमोदित हुने दाउमा छन् ।

मुक्तिनाथ विकास बैंक २०६३ पुस १९ गते खोल्दा २९ जना संस्थापक मध्ये ढकाल र गुरुङसँगै थिए । ढकालले बैक खुलेसँगै २०६३ बाट १२ बर्षसम्म सीइओ र २०७६ बाट २०८० सम्म अध्यक्ष भएर एक कार्यकाल काम गरेका थिए ।

एमबीए सम्मको अध्ययन गरेका ढकाल मुक्तिनाथ विकास बैंकको अध्यक्ष छोडेसँगै मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्ष बनेका थिए ।

उनी नेपाल विद्यार्थी संघ हुँदै नेपाली काग्रेस वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्य रहेका थिए ।

पूर्वपत्रकार समेत रहेका ढकालले नयाँ खबर साप्ताहिक संचालन गरेका थिए भनेनेपाल पत्रकार महासंघको स्याङजाको सस्थापक सदस्य रहनु पनि रहेका थिए ।ढकाल जेनजी आन्दोलनपश्चात पहिलो पटक निर्वाचनमा होमिएका हुन् ।

यस्तै एमालेबाट उम्मेदवार बनेका गुरुङ मुक्तिनाथ विकास बैंकमा २०७२ सालदेखि २०७४ सालसम्म दुई वर्ष अध्यक्ष रहेका थिए ।

गुरुङ संघीयतासँगै यहाँको क्षेत्र नं–१(क) बाट २०७४ मा उम्मेदवार बने पश्चात बैकको अध्यक्ष छाड्नु भएको थियो ।

एमए अध्यन गरेका उनी२०३६ सालमा अनेरास्ववियु पाँचौ स्याङजाको सस्थापक अध्यक्ष रहेका थिए ।

रेडकार्ड, एमाले गाउँकमिटी सचिव हँुदै जिल्ला कमिर्टी अध्यक्ष र अहिले प्रदेश उपाध्यक्ष रहेका उनी गण्डकी प्रदेशसभामा एक कार्यकाल सांसद रहेका थिए ।

यहाँ मुख्य गरेर कांग्रेसका ढकाल, एमालेका गुरुङलाई रास्वपाका डा धनन्जय रेग्मी र नेकपाका शैलेन्द्र घिमिरे प्रतिस्पर्धी रहेपनि रोमाञ्चक प्रतिपर्धा भने एकै बैंकका दुई सहकर्मीबीच हुने देखिएको छ । यसअघिका निर्वाचनमा यस क्षेत्रमा काग्रेस र एमालेले नै जित्दै आएका छन् ।

यहाँ अगिल्लो निर्वाचनमा धैरै सिट जितेका चार दलले आ आफ्नो जीत हुने दाबी भने गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं -१ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->