सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक नियन्त्रणमा

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक नियन्त्रणमा

सोमबार बिहान साढे ९ बजेको समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ४ २०८२, सोमबार

पोखरा/  मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक प्रहरीको नियन्त्रणमा परेका छन् । पोखराका विभिन्न स्थानमा चल्ने स्कुल बस चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो पछि कास्की जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले सवारी साधन चेकजाँच गरेका थिए ।

सोमबार बिहान साढे ९ बजेको समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए । नियन्त्रणमा लिइएकाहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक पोखरा–१५ बस्ने ३३ वर्षका आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक पोखरा–५ प्रस्याङका ३७ वर्षीय गौतम गुरुङ रहेका छन् ।

यसैगरी बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक पोखरा–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक पोखरा–१६ बस्ने ४८ वर्षीय डम्बर बहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक पोखरा–१० रामबजार बस्ने ४७ वर्षीय पदम बि.क. पनि प्रहरीको नियन्त्रणमा परेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->