पोखरा/चन्दा आतंक सिर्जना गरेको र जवर्जस्ती चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले नेकपा(बहुमत) का कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको विशेष प्रहरी टोलीले जिल्ला पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका १३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छे« गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार रहेका छन् । पाण्डे नेकपा बहुमतको केन्द्रीय सदस्य र परियार सेक्रेटरी भएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा ‘घमाओवादीका कार्यकर्ता हौँ’ भनी डरधाक धम्की दिइ गैरकानूनी रूपमा चन्दा संकलन गरेको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट रसिदको प्याड,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति कास्की पत्र संख्या २०८२।०८३, आर्थिक सहयोग सम्बन्धमा उल्लेख भएको सेक्रेटरी क.वृन्दाको हस्ताक्षर भएको पत्र,नगद २३ हजार रुपैयाँ पनि बरामद गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
दुबै जनालाई कास्की जिल्ला अदालतबाट चन्दा ऐन सम्बन्धी कसूरअन्तर्गत दिन पाँच (५) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीको भनाइ छ ।





