स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो ।
११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार निर्वाचन प्रहरी खटाइएको हो । यहाँको पुतलीबजारमा २९०, भीरकोटमा १४३, वालिङमा २६९, गल्याङमा २५२, चापाकोटमा १८०, कालीगण्डकीमा १८४, हरिनासमा १४८, विरूवामा १३३, अर्जुनचौपारीमा ११७, फेदिखोलामा ९१ र आँधीखोलामा १४० निर्वाचन प्रहरी खटाइएको हो ।
मतदान केन्दको संख्या, त्यो क्षेत्रको संवेदनशिलतालाई हेरेर निर्वाचन प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दधिराम न्यौपानेले बताए । यहाँ दुई हजार १२४ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा आफ्नो मातहतका एक हजार ९४७ जना निर्वाचन क्षेत्रमा खटाएको न्यौपानेले बताए । उनले मतदान केन्द्रमा निर्वाचन प्रहरीले मात्र नपुग्ने बताउदै प्रहरीहरु पनि केन्द्रको संख्या, त्यो क्षेत्रको संवेदनशिलतालाई हेरेर खटाउने र माग गरिएको बताए ।
यस्तै शसस्त्र प्रहरीले समेत क्षेत्र नं. १ को पुतलीबजार र क्षेत्र नं. २ को गल्याङमा आफ्नो टोली राखेको र पालिकामा मोवाईल तथा र स्टाकिङ टोली खटाउने तयारी गरेको शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिमिल्सिनाले जानाकारी दिए । उनले आफ्नो मातहतका १८९ निर्वाचन प्रहरी समेत सोही टोलीसँग राखेर काममा खटाउने बताए ।
यस्तै नेपाली सेनाले समेत हरेक पालिकामा आफ्नो टोलीलाई क्याम्पनै बनाएर खटाएको छ । यहाँ निर्वाचनलाई मर्यादित, निपक्ष र शान्तीपुर्ण बनाउने उदेश्य सहित पहिलो चरणमा जिल्ला निर्वाचन सुरक्षा समितिले मतदान स्थल हेरेसँगै आवश्यकताको आधारमा सुरक्षाकर्मी खटाउन थालिएको हो ।





