शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फाइलन अघि मुकुन्दको त्यो म्यासेज र सुशिलको सपना

फाइलन अघि मुकुन्दको त्यो म्यासेज र सुशिलको सपना

मोफसलकै चर्चित आहा रारा गोल्डकपमा शनिबार इतिहास दोहो¥याउने र लेखाउने बीचको प्रतिस्पर्धा थियो ।


  • विजय नेपाली
  • फाल्गुन १० २०८२, आइतबार

पोखरा/सहारा क्लब पोखरालाई सधैँ उठ्ने मध्येको एक प्रश्न हो ’आहा रारा पोखरा गोल्डकपमा एकेडेमीका खेलाडीले कहिले खेल्छन्?’ सहारा एकेडेमी विपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई आश्रय दिँदै फुटबल सिकाउने सामाजिक संस्था हो । त्यही सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनार्थ हरेक वर्ष आहा रारा पोखरा गोल्डकपको आयोजना हुने गरेको छ ।

प्रतियोगिताबाट बचत भएको रकमले नै एकेडेमी सञ्चालन हुँदै आइरहेको छ । मोफसलकै चर्चित आहा रारा गोल्डकपमा शनिबार इतिहास दोहो¥याउने र लेखाउने बीचको प्रतिस्पर्धा थियो । अर्थात् १२ वर्ष अघि एक पटक उपाधि जितेको आयोजक सहारा क्लबले अहिलेसम्म उपाधि जित्न सकेको थिएन। फाइनलमा ९ वर्षअघि पुगेको थियो त्यसपछि भने पुग्न सकेको थिएन ।

उता जावलाखेल युथ क्लब पनि आहा राराको उपाधिमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । १४ वर्षपछि आहा राराको फाइनलमा पुगेको जावलाखेल र ९ वर्षपछि फाइनल पुगेको सहारा बीचको खेल अर्को कारणले पनि विशेष रह्यो। त्यो हो रजत वर्ष । नेपाली फुटबलमा निरन्तर हुँदै आएको एक मात्र गोल्डकप आहा रारा नै हो । यस वर्ष २५ औं संस्करण भएकाले आयोजकका लागि यो विशेष थियो ।

यो विशेष अवसरमा अन्ततः सहारालाई साथ दियो सहारा एकेडेमीका दुई खेलाडी सुशिल लामा र मुकुन्द निउरेले । सहाराको टिम सम्हालेका कप्तान सुशिल लामाको सपना थियो टोलीलाई उपाधि दिलाउने, यस्तै सपना बुनेका थिए मुकुन्दले पनि। सुशिल सहाराको दोस्रो ब्याजका खेलाडी हुन् भने निउरे तेस्रो ब्याजका ।

यी दुवैले हिजोका दिनमा दर्शकको बीच बसेर सहारा क्लबले फुटबल खेलेको हेरेर बसेका हुन्थे। आज उनीहरू मैदानमा उत्रिए । उत्रिएनन् मात्रै, सुशिल आफ्नो सपना पूरा गर्न चाहन्थे, उता मुकुन्दले भने आफ्ना भाइहरूलाई फेसबुकमा म्यासेज गरेका थिए कि म तिमीहरूका लागि गोल गर्छु ।

अन्ततः दुवैले आफ्नो सपना पूरा गर्दै सहाराको इतिहास दोहो¥याएका छन् । उपाधिको खडेरी लागेको सहाराको जीतमा यी दुई नायक बने र लेखाइदिए च्याम्पियन । कप्तान शुसिलले फाइनल खेलमा २ असिस्ट गर्दा मुकुन्दले एक गोल गर्दा सहाराले जावलाखेलमाथि २–० को सहज जित निकाल्यो ।

खेलको २५ औं मिनेटमा पाएको कर्नरमा सहाराले अग्रता लिएको हो । कप्तान सुशिल लामाको कर्नर प्रहारमा मुकुन्दले हेडरमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै २८ औं मिनेटमा मुकुन्दले प्रहार गरेको पावरसटलाई जावलाखेलका गोलरक्षक युनेश चौधरीले उत्कृष्ट बचाए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा समेत सहाराले थप एक गोल ग¥यो ।

६० औं मिनेटमा जावलाखेलका सुजन गुरुङको पासमा बोबाकर सिसोकोको प्रहारले जाली चुमे पनि अफसाइड ठहरिँदा बराबरीको अवसर गुम्यो । लगत्तै ६३ औं मिनेटमा फ्रिकिक पाए पनि जावलाखेलले सदुपयोग गर्न सकेन ।

७३ औं मिनेटमा सहाराले अग्रता दोब्बर पा¥यो । कप्तान सुशिलले गरेको लंगक्रस बलमा ताए ड्यानेल बाडारुले हेडरमार्फत गोल गरे । गोलरक्षक युनेश अघि बढ्दै पन्च गरे पनि उनी ढिला हुन पुगे । त्यसपछि भने सहाराको जित निश्चित भएको हो । उपाधिसँगै सहाराले १४ लाख रुपैयाँ हात पारेको छ भने जावलाखेलले ७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल गोल मेरो भाइहरुका लागि : मुकुन्द


१२ औं मा जित्दा म बसेर दाइहरुको खेल हेरेको थिएँ। अहिले आएर खेल्न पाउँदा म खुसी छु । मैले हिजो म्यासेज गरेको थिएँ । पहिला म हेरिरहेको थिएँ अहिले मेरा भाइहरु हेरिराखेका छन् । उनीहरुका लागि म फाइनलमा गोल हान्छु भनेको मेरो म्यासेज नै छ उनीहरुको लागि गोल गरे खुसी छु । धेरै प्रतियोगिता पनि खेले तर, घरमा आएर जित्दाको खुसी फरक छ । सहारा क्लबलाई धेरै धेरै धन्यवाद ।

मेरो सपना पुरा भयो : कप्तान सुशिल


सहारालाई उपाधि दिलाउन पाउँदा एकदम खुसी लागिरहेको छ । सहारालाई उपाधि दिलाउनुनै मेरो सपना हो, आज पुरा भएको छ । फाइनल खेलमा दबाब नै हुन्छ तर, अन्य खेल भन्दा फाइनल हाम्रो लागि सहज नै भयो। सेमीफाइनलमा नखेलेका मिडफिल्डर फाइनलमा खेले जसले पनि हामीलाई सहज बनायो ।

मुकुन्दलाई सर्वोत्कृष्ट र इमर्जिङको उपाधि
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मुकुन्द घोषित भएका छन् । उनले इलेक्ट्रिक स्कुटर हात पारे भने इमर्जिङ विधाको उपाधि समेत उनले नै प्राप्त गरे । सहारा क्लबलाई उपाधि जिताउन उनले पहिलो गोल गरेका थिए । यस्तै उत्कृष्ट गोलरक्षक सहाराकै टिकेन्द्र थापा घोषित भए । सहाराकै ताए ड्यानियल बदारु उत्कृष्ट डिफेन्डर तथा प्रशिक्षक सुनिल राना मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।

जावलाखेलका बोबाकर सिसाको उत्कृष्ट मिडफिल्डर घोषित भए । यस्तै धरवेन्द्र कुँवर उत्कृष्ट फरवार्ड घोषित भए । प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबेले उच्च गोलकर्ताको उपाधि चुमे । उनले प्रतियोगिताभर ३ गोल गरे । उज्वेकिस्तानी टोली आभा फुटबल क्लब अनुशासित टिम घोषित भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->