बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा कलेज अफ म्यानेजमेन्टमा ६५ जना दीक्षित

पोखरा कलेज अफ म्यानेजमेन्टमा ६५ जना दीक्षित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८२, आइतबार

पोखरा/पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टमा ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेजको शनिबार भएको दीक्षान्त समारोह–२०८२ मा बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीमध्ये ९ जना उत्कृष्ट अंक प्राप्त गर्दै डिन्स लिस्टमा पर्न सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापकडा. ज्ञानेश्वर शर्माले दीक्षित विद्यार्थीहरूले कलेजबाट उत्कृष्ट ज्ञान तथा दक्षता हासिल गरेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा लगाउन आग्रह गरे । ‘कलेजले उत्कृष्ट पाठ्यसामग्री तयार पारी विद्यार्थीहरूलाई दक्ष बनाएको छ, अब यसलाई जीवनमा लगाउने क्षण आएको छ, तपाईँहरूको उज्ज्वल भविष्यको कामना गर्दछु’ उनले भने ।

दीक्षित विद्यार्थीको तर्फबाट बोल्दै विद्यार्थी अन्जली पौडेलले अब आफूहरूको असली जीवन यात्राको सुरु भएको बताउँदै आगामी यात्राको चुनौती सामना गर्न सक्षम बनाइदिएकोमा कलेज परिवार, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरिन् । समारोहमा कलेज सञ्चालक समितिका सदस्य समिर शर्मा, फ्याकल्टीका तर्फबाट शशिधर बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कलेजका अध्यक्ष विनोद कायस्थले कलेजले स्थापना कालदेखिनै व्यवहारिक र गुणस्तरिय शिक्षा, नैतीक मुल्य र नेतृत्व विकासलाई प्राथमिकता दिंदै आएको सुनाए । योग्य, अनुभवि र समर्पित प्राध्यापक कलेजको मुख्य आधारस्तम्भ भएको उनले उल्लेख गरे ।

कलेज प्राचार्य लिना नेगी श्रेष्ठले पोखरामा आफ्नों विशेष पहिचान बनाउन सफल पिसिएम कलेजबाट आजसम्म बिबिए कार्यक्रमबाट २० ब्याच तथा बिसिएसबाट ४ ब्याच आफ्नों अध्ययन पुरा गरिसकेको सुनाए । कलेजबाट पास आउट भएर गएका विद्यार्थीहरु समाजका विभिन्न प्रतिष्ठित स्थानहरुमा स्थापित भइसकेको उनको भनाई थियो ।

बिसिएस आइटी कार्यक्रम संयोजक ई. हरिप्रसाद बरालद्वारा विद्यार्थीहरुलाई आफ्नों शिक्षा प्राप्त गर्नका लागि महत्वपूर्ण भूमिंका निर्वाह गर्नुहुने अभिभावक, शिक्षकहरु तथा कलेज सञ्चालकहरुलाई पुष्पवृष्टी सहित कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->