बागलुङ / प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा बागलुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाका सुशिल खड्का फराकिलो मतका साथ अगाडि छन भने क्षेत्र नं. २ मा सोम शर्मा झिनो मतका साथ अगाडि छन् । दुवै उम्मेदवारलाई नेपाली काँग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
क्षेत्र नं. १ रास्वपाको सुशिल खड्काले १३ हजार ८१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भीम बहादुर श्रीसले ७ हजार १५ र एमालेका हिरा वहादुर खत्रीले ६ हजार ५१५ मत लिएका छन् । राजमो र नेकपाका साझा उम्मेदवार कृष्ण प्रसाद अधिकारीले २ हजार ७९७ मत प्राप्त गरेका छन् । यहाँ राप्रपाका कल्याण आचार्यले ३२८ मत प्राप्त गरेको छ ।
निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका सोम शर्माले १० हजार २६० मत पाएका छन् । काँग्रेसका टेकराज पौडेलले १० हजार ११६ मत लिएका छन् । त्यहाँ एमालेका मञ्जु शर्माले ५ हजार ६०९ र नेकपाका ज्ञामनाथ गैरे अनिलले ८ हजार ७५५ मत प्राप्त गरेका छन् । राप्रपाका अञ्चल शाहीले २२८ मत प्राप्त गरेका छन् ।





