मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

गुल्मी-२ बाट गोकर्णलाई पराजित गर्दै रास्वपाका पन्थी विजयी

गुल्मी-२ बाट गोकर्णलाई पराजित गर्दै रास्वपाका पन्थी विजयी

अन्तिम मत परिणाम अनुसार पन्थीले एमालेका गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

गुल्मी / प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६ हजार ३८२ मत प्राप्त गरे। नेपाली काँग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ०७९ मत प्राप्त गरेका छन्।

गुल्मी-२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->