सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८२, बिहिबार

पोखरा/ नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधवार पार्टी उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा आफु र पार्टी समेत पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।

यसअघि काठमाडौं(४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही(४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरेका थिए। रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->