सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्वाचन आयोगबाट बुझे समानुपातिक सांसदले प्रमाणपत्र

निर्वाचन आयोगबाट बुझे समानुपातिक सांसदले प्रमाणपत्र

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८२, बिहिबार

काठमाडौं / गत फागुन २१ गते मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरुले प्रमाणपत्र बुझेका छन् । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार चार जना सांसद निर्वाचित भएका छन् ।

आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->