सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनप्रिय माविमा अभिभावक भेला

जनप्रिय माविमा अभिभावक भेला


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८२, शुक्रबार

पोखरा/जनप्रिय माध्यमिक विद्यालयको अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनोट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए ।

यस्तै भेलाले विद्यालय व्यवस्थापन समितिबाट चयन हुने सदस्यहरुमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठीलाई चुनेको छ ।

शिक्षा नियमावली २०७४ को नियम २९ बमोजिम आयोजित भेलामा स्वागत गर्दै विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यलयको विभिन्न गतिविधि प्रस्तुत गरेका थिए । जनप्रियमा १७ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको सभामा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतिको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताए । उनले नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीपयुक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिँदै करोडौ रुपैयाँ लागनी गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->